आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगितामा युनाइटेड युवा क्लब गिरूवारी विजयी

    प्रकाशित २०७८ मंसिर १५, बुधबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा युनाइटेड युवा क्लब गिरूवारी विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

देवचुली वडा नम्बर- १० को समन्वयमा शान्तिदीप युवा क्लबको आयोजनामा शान्तिदीप युवा क्लबको खेल मैदान देवचुली- १० मा संचालित प्रतियोगिताको आयोजक शान्ती दीप युवा क्लब र युनाइटेड युवा क्लब गिरूवारी बीच भएको खेलमा युनाइटेड युवा क्लब गिरूवारी १-० गोल अन्तरले विजयी भएको छ । आजको खेलमा युनाइटेड युवा क्लब गिरूवारीका तर्फबाट साजन थापाले गोल गरेका थिए । आजको खेलमा युनाइटेड युवा क्लब गिरूवारीका दिनेश गुरुङ उत्कृष्ट खेलाडी भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत बिहिबार नवरङ्गी युवा क्लब कुढौली र जि. एफ. सी. गैंडाकोटबीच खेल हुने क्लबका सचिव डण्डापाणि न्यौपानेले बताए ।

Write your Comment