आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिता: भगवती एकता युवा क्लब विजयी

    प्रकाशित २०७८ मंसिर १३, सोमबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।
देवचुलीमा संचालित प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आजको खेलमा भगवती एकता युवा क्लब विजयी हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ ।

देवचुली वडा नम्बर- १० को समन्वयमा शान्ति दीप युवा क्लबको आयोजनामा शान्ति दीप युवा क्लबको खेल मैदान देवचुली १० मा संचालित प्रतियोगिताको भगवती एकता युवा क्लब र रजहर फुटबल क्लब बीच भएको खेलको निर्धारित समयमा दुवै टिमबाट २-२ बराबरी गोल हुँदै ट्राईबेकरमा भगवती एकता युवा क्लब ४-२ गोल अन्तरले विजयी भएको छ । आजको निर्धारित समयको खेलमा भगवती एकता युवा क्लबको तर्फबाट सुरज महतोले २ गोल गरेका थिए भने रजहर फुटबल क्लबका तर्फबाट अशोक तामाङले २ गोल गरेका थिए । खेलमा भगवती एकता  युवा क्लबका सुरज महतो प्लेयर अफ दी म्याच भएका थिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख २१ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु ७५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलबार अभिषेक चर्च रजहर र चोरमारा युवा क्लबबीच खेल हुने खेल संयोजक गनबहादुर रानाले बताए ।

Write your Comment