आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उत्कृष्ट छनोट हुँदै सम्मानित

    प्रकाशित २०७८ मंसिर ५, आईतबार (२ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगरमा प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था शनिबार सम्मानित भएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको स्वर्ण जयन्तीको अवसरमा सुरक्षित खानेपानी आपूर्ति,उपभोक्ताहित एवम् संस्थाको कार्य प्रगति तथा स्तरवृद्धि समेतको आधारमा उत्कृष्ट छनौट हुँदै सम्मानित भएको हो । संस्थालाई विभागबाट प्रशंसा पत्र सहित सम्मान गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।

प्रगतिनगर खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थालाई तीन वर्षको कार्यकालमा सम्पुर्ण अभिलेख व्यवस्थापन, डकुमेन्टेसन , रिपोर्टहरुलाई सम्बन्धित कार्यालयमा बुझाउने, पठाउने जस्ता कामहरु सहित प्रशासनमा आमूल परिवर्तन गरिएको साथै संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै अपवाद बाहेक चौबीसै घण्टा उपभोक्ताहरुलाई पानी उपलब्ध गराएको अध्यक्ष भुसालले बताउनुभयो । प्रविधिको प्रयोग,प्रशासनिक गतिविधि, भौतिक पुर्वाधार, पानीको वितरण,पानीको गुणस्तर र अभिलेख व्यवस्थित गर्ने खानेपानी संस्था भएकाले नै नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागबाट सम्मानित हुन सफल भएको भुसालले बताउनुभयो ।

Write your Comment