आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

नेकपा ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत

    प्रकाशित २०७८ मंसिर ५, आईतबार (२ साल अघि)


नवलपुर । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कावासाेतीकाे १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीले देशैभरि मंसिर ४ गते सबै वडाकाे अधिवेशन गर्न पठाए पनि सबै वडामा नेतृत्व चयन हुन सकेन । कावासाेतीकाे १७ वटा वडा मध्ये १० वटा वडामा मात्रै नेतृत्व चयन भएकाे हाे । बाँकी रहेका ७ वटा वडामा ११ गते अगाडि नै गर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कावासाेती नगर ईञ्चार्ज टंकमणी शर्माले जानकारी दिनु भयाे ।

कावासाेतीकाे वडाहरूकाे अधिवेशन भएका मध्ये वडा नं. १ बाट तेजेन्द्र सुनारकाे नेतृत्वमा २९ सदस्यीय समिति, वडा नं. ४ बाट चमकला बस्यालकाे नेतृत्वमा १५ सदस्यीय समिति, वडा नं. ५ बाट पिताम्बर गुरूङ्गकाे नेतृत्वमा २७ सदस्यीय समिति, वडा नं. ७. बाट शालिकराम पाैडेलकाे नेतृत्वमा १३ सदस्यीय समिति, वडा नं.९. बाट निलबहादुर थापाकाे नेतृत्वमा ११ सदस्यीय समिति,
वडा नं. १०. बाट गाेकुल मुखियाकाे नेतृत्वमा ९ सदस्यीय समिति, वडा नं.११. बाट विण्णु प्रसाद श्रेष्ठकाे नेतृत्वमा ११ सदस्यीय समिति,
वडा नं. १२ बाट टेक प्रसाद चापागाईकाे नेतृत्वमा ९ समिति, वडा नं. १५ बाट ननिराम महताेकाे नेतृत्वमा ११ सदस्यीय समिति र वडा नं. १७ बाट माेहलाल बि क काे नेतृत्वमा १५ सदस्सीय समिति निर्माण भएकाे छ । वडा नं. २, ३, ६, ८, १३, १४ र १६ काे शुक्रबारसम्म अधिवेशन गरिने जानकारी गराईएकाे छ । मंसिर ११ गते देशभरिका सबै पालिकाहरूकाे अधिवेशन हुँदैछ ।

Write your Comment