आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा विप्लवका ६ जना पक्राउ

    प्रकाशित २०७८ कार्तिक ३०, मंगलबार (२ साल अघि)


नवलपुर ।पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि लगायतको बिरोधमा बन्द गराउँदै हिडेका ६ जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विप्लव निकट नेकपाका जिल्ला तहका नेता सहित कार्यकर्तालाई प्रहरीले मध्यबिन्दु नगरपालिकाको चोरमारा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कावासोती पुर्‍याएको छ ।पक्राउ पर्नेमा धनबहादुर कुमाल, बीरबहादुर थापा, नरेन्द्रमान मुखिया, मंगलसेन कुमाल, दीपक कुँवर र दीपक बिक छन् ।

नवलपुरमा पूर्व पश्चिम मुख्यमार्ग तथा मुख्यमार्गसँग जोडिएका बजार क्षेत्रमा बन्दको प्रभाव परेको छ । मुख्य चोक तथा बजारमा सुरक्षाकर्मी परिचालित छन् । पूर्वघोषित बन्द आह्वान भएकाले अधिकांश पसलहरु स्वतस्फुर्त बन्द छन् । सवारी साधन चल्न सकेका छैनन् ।

बन्दकर्ताले सदरमुकाम कावासोतीको हलचोक, देवचुलीको प्रगतिनगर लगायत ठाउँ–ठाउँमा राजमार्गमै टायर पोलेर आगो लगाएका छन् ।

Write your Comment