आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता :सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब,शारदानगर र बरटाँडी विजयी

    प्रकाशित २०७८ कार्तिक १०, बुधबार (२ साल अघि)


राजु चापागाई,देवचुली।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार सेन्ट्रल कलेज,शारदानगर र बरटाँडी विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको भेडाबारी र सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लबबीच भएको पहिलो खेलको निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबर गोल हुँदै ट्राईबेकरमा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब ३-१ गोल अन्तरले विजयी भएको छ ।

सारदानगर र शान्तिदिप युवा क्लबबीच भएको दोस्रो खेलको निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबर गोल हुँदै ट्राईबेकरमा फारम खेलकुद समिति ५-३ गोल अन्तरले विजयी भएको छ । त्यस्तै
बरटाँडी र चोरमारा बीच भएको तेस्रो खेलको निर्धारित समयमा दुवै टिमबाट १-१ को बराबर गोल हुँदै ट्राईबेकरमा बरटाँडी ५-३ गोल अन्तरले विजयी भएको छ ।
नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा बुधबारको फारम खेलकुद समिति र दलदले १३ साथै झाक्रे र आयोजक समाज सुरक्षा क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment