आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुलीबाट नगद सहित ५ जना जुवाडे पक्राउ

    प्रकाशित २०७८ कार्तिक ९, मंगलबार (२ साल अघि)

देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं १७ फारमचोकबाट सोमबार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । फारमचोकका नौलसिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा नगद २९ हजार ८ सय १० रुपैया सहित तिन बुक तास समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नं.१७ बस्ने वर्ष ५० को नौलासिंह घर्तीमगर, सोहि ठाँउ बस्ने वर्ष ३५ को चित्र बहादुर मगर, वर्ष ३२ को अजय उपाध्याय, वर्ष ५१ को भिमसिंह गुरुङ, वर्ष ४७ को टुक ब.गुरुङ पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरी जानकारी दिनुभयो ।

Write your Comment