आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024 Search
FLASH NEWS

सम्झनिमा के छ र ?

    प्रकाशित २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि)


अविनास पन्थी

बिर्सिउँ न,
भूइचालो।
तेसैगरी ऐलेको बाढीपैरो,
अस्तिको मेलम्ची जस्तै।
सम्झनिमा के छ र?

ढुबोस् बाली,
गरिबको झोपडी,
यहाँसम्म कि डुबुन विकासका पर्याय,
पुल,बाटा र सब स्टेसन।
केई नहोस् तिम्रो अहम्,
नघटोस् लोभ पनि।
अरु डुब्दा,
बाँकी रहोस् केवल तिम्रो ढोंग,
बस् तिम्रो ढोंग।

फेरिनु त अरु पो पर्छ,
‘म’ त राम्रै छु।
दु:ख र दर्द त आफूलाई पो पहाड हो,
अरुमा त शहनशक्ति हुनुपर्छ।

बिर्सिनु सासुले आफ्नो बुहार्तन,
ऐले त सासु नै हो।
बिर्सनु हाकिमले आफ्नो सुरुवाती जागिर,
ऐले त हाकिमै हो।
विद्यार्थीकाल पो किन सम्झिनी?
ऐले त म प्राध्यापक हो।

सम्झिनिमा पिडा मात्र छ यहाँ,
बिर्सिउँ नै है।
आफू किन फेरिनी?
आफ्नो बिगत बिर्सिउँ न है।

Write your Comment