आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : लक्ष्मीपुर र झाँक्रे विजयी

    प्रकाशित २०७८ कार्तिक ३, बुधबार (२ साल अघि)


राजु चापागाई, देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार लक्ष्मीपुर र झाँक्रे विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा न ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा कदमपुरमा रहेको देविथान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको मंगलबार लक्ष्मीपुर र आयोजक बि बीच भएको पहिलो खेलमा लक्ष्मीपुर २-० गोल अन्तरले विजयी भएको छ भने झाँक्रे र राजमन्दिर बीच भएको दोस्रो खेलमा झाँक्रे १-० गोल अन्तरले विजयी भएको छ।

नवलपुर जिल्लाका २० वटा भन्दा बढि टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार ,प्रमाणपत्र,मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । बुधबारको खेल नमुना युवा क्लब कावासोती र केउरानी साथै गैंडाकोट फुटबल क्लब र फारम खेलकुद समितिबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए।

Write your Comment