आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते

    प्रकाशित २०७८ कार्तिक १, सोमबार (२ साल अघि)


नवलपुर । पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् । त्रिवेणीबाट काठमाण्डौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस जिल्लाको अरुणखोला र दुम्किबास विचको जंगलमा अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

घाईते मध्ये ३७ जनालाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएको र बाँकी ५ जनाको दुम्किबास पोलिक्लिनिकमा उपचार भैरहेको प्रहरीले बताएको छ । बस घटनास्थलमै रहेको साथै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

Write your Comment