आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुली ५ मा दुई आमा समुहलाई धान काट्ने मेसिन वितरण

    प्रकाशित २०७८ आश्विन १३, बुधबार (२ साल अघि)


राजु चापागाई,देवचुली । नवलपुरको देवचुली ५ मा दुई आमा समुहलाई धान काट्ने मेसिन वितरण गरिएको छ । देवचुली ५ मा रहेका लाङ्घाली आमा समूह र नव प्रभात आमा समुहलाई १/१ थान धान काट्ने मेसिन वितरण गरिएको हो । देवचुली ५ को वडागत बजेटबाट अनुदानमा उक्त मेसिनहरु वितरण गरिएको देवचुली ५ का अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । उहाँका अनुसार कृषकहरुलाई धान काट्ने मेसिनले धान काट्दा कम खर्च लाग्ने र सहज हुने भएकाले दुई आमा समुहले व्यवस्थापन गर्ने गरि धान काट्ने मेसिन वितरण गरिएको हो ।
कार्यक्रम देवचुली ५ का अध्यक्ष शिवलाल सापकोटाको अध्यक्षता र देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस्तै कार्यक्रममा वडा सदस्यहरु,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment