आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

नेपाली कांग्रेस कावासोती नगर सभापतिमा सालिकराम ढकाल विजयी

    प्रकाशित २०७८ आश्विन १३, बुधबार (२ साल अघि)


देवचुली। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कावासोती नगरको अधिवेशनबाट सालिकराम ढकाल नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल २२३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अमृत श्रेष्ठले १४३ मत प्राप्त गरे ।

नेपाली काँग्रेसको कावसोती नगरसमितिको उपसभापतिमा गोमाया खन्डलुक र डि. बी. चौधरी निर्वाचित भएका छन् ।
सचिव पदमा झविन्द्र काफ्ले र विनोद राना मगर निर्वाचित भए । सहसचिवमा गोविन्दमान श्रेष्ठ र भोजराज भुर्तेल निर्वाचित भएका छन् ।

Write your Comment