आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नेपाली कांग्रेस गैंडाकोट नगर सभापतिमा बद्री सापकोटा विजयी

    प्रकाशित २०७८ आश्विन १३, बुधबार (२ साल अघि)


गैँडाकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल ३१३ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी खेमराज सापकोटाले १५५ मत प्राप्त गरे ।

नेपाली काँग्रेसको गैँडाकोट नगरसमितिको उपसभापतिमा राजेशकुमार श्रेष्ठ र रोशनभक्त अधिकारी यस अघि नै निर्विरोध निर्वाचित भैसकेका छन् ।
सचिव पदमा गोविन्द घिमिरे र कृष्णमुरारी खनाल निर्वाचित भए । सहसचिवमा बुद्धिप्रसाद न्यूरे र रत्नबहादुर बोहरा निर्वाचित भएका निर्वाचन अधिकृत बिष्णुप्रसाद रिजालले बताए ।

Write your Comment