आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा गोलाप्रथाबाट सभापतिमा कडरिया चयन

    प्रकाशित २०७८ आश्विन १२, मंगलबार (२ साल अघि)


देवचुली । नेपाली काँग्रेस देवचुली नगर सभापतिमा डिल्लीराम कडरिया चयन भएका छन् । नेपाली काँग्रेस नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आएपछि गोला प्रथाबाट डिल्लीराम कडरिया सभापतिमा चयन भएका हुन् ।

कडरिया सभापतिका अर्का प्रतिस्पर्धी रविलाल सापकोटा दुवैले १४७/१४७ मत प्राप्त गरे पछि सभापति पदको टुङ्गो गोला प्रथाबाट गरिएको हो ।

त्यसै गरि उपसभापति पदमा हरिभक्त भट्टराई १५८ मतका साथ र भोजेन्द्र बहादुर रायमाझी १३७ मतका साथ विजयी भएको छन भने सचिवमा पदमा भुपराज पाठक ११७ मतका साथ र सुन्दर पाण्डे १३० मतका साथ विजय भएका हुन । त्यस्तै सहसचिवमा खेम सारु १६५ मतका साथ र तनुजा महतो चौधरी २३३ मत प्राप्त गर्दै विजयी भएका छन ।

Write your Comment