आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024 Search
FLASH NEWS

देवचुलीको कदमपुरमा दुईवटा बोरिङ्ग शिलन्यास

    प्रकाशित २०७८ आश्विन १०, आईतबार (२ साल अघि)


विवेक भण्डारी,देवचुली। देवचुली नगरपालिका वडा नम्बर पाँचमा दुईवटा बोरिङ्गको एकै पटक शिलन्यास गरिएको छ । प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास गरिएको हो । कदमपुर देवीथान डिप बोरीङ्ग समितिले एक कार्यक्रम नै आयोजना गरि बोरिङ्ग शिलन्यास गरेको छ । शिलन्यास कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सासंद खनालले कदमपुर क्षेत्रका युवाहरुको अनुरोधमा बोरिङ्गका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले शिलन्यास गरिएको बोरिङ्ग निर्माणपछि सञ्चालन गरि कृषकलाई सिंचाईका लागि सहज बनाउन र उत्पादन वृद्धि गर्न आग्रह गर्नुभयो । गाउँमा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास हुदा स्थानीय खुशी भएका छन् ।
सिंचाईको सहज पहुँच नहुँदा उत्पादन वृद्धि गर्न नसकेका किसानहरुले बोरिङ्ग सञ्चालनपछि उत्पादन वृद्धि हुने र हिउँदे र नगदे बाली समेत लगाउन सकिने बताए ।
कार्यक्रममा देवचुली वडा नम्बर पाँचका वडा अध्यक्ष शिवलाल सापकोटा, देवचुली दुईका वडा अध्यक्ष माधव केसी, समाजसेवि असोक बस्ताकोटी,प्रदिपराज घिमिरे, सुन्दर पाण्डे, गोविन्द रेग्मी, दिपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो । कदमपुर देवीथान डिप बोरिङ्गका समितिका अध्यक्ष नन्दबहादुर सारुका अनुसार करिब एक करोड ९० लाखको लागतमा दुईवटा डिप बोरिङ्ग तयार हुने बताए ।

Write your Comment