आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा सापकोटा नेतृत्वको प्यानल घोषणा

    प्रकाशित २०७८ आश्विन ९, शनिबार (२ साल अघि)


देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि रवीलाल सापकोटाको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ ।
शनिबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि सापकोटाको नेतृत्वमा पदाधिकारीको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको हो । प्यानलको उप–सभापतिमा हरिभक्त भट्टराई र गौरीश्वर न्यौपाने , सचिवमा इश्वर रेग्मी र भुपराज पाठक ,सह–सचिवमा तनुजा महत्तो र खेम सारु रहेका छन्।
उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर सभापति तथा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ , जिल्ला सदस्यहरु, नगर कमिटीका पदाधिकारीहरु , पुराना नेता हेमराज कोईराला, ने वि संघ पुर्व जिल्ला अध्यक्ष सुरेन्द्र अधिकारी,तरुण दलका नगर सभापति बाबुराम घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यस अघि देवचुली नगरपालिकाको नयाँ नेतृत्वका लागि शुक्रबार डिल्लीराम कडरीयाले प्यानल सहित आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।नेपाली काङ्ग्रेस नगर अधिवेशन ११ गते हुने नेपाली काँग्रेसले बताएको छ ।

Write your Comment