आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरका दुई स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

    प्रकाशित २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)


नवलपुर । देवचुलीको सामुदायिक प्राकृतिक चिकित्सालय र कावसोतीको पिठौली स्वास्थ्य चौकीलाई बिहीबार एक/ एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा देवचुली नगरपालिका १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय वितरण गरिएको हो ।
कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एड्भाइजर चिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके उपस्थित रहनु भएको थियो भने अस्पतालका तर्फबाट सन्चालक समितीका अध्यक्ष सन्त बहादुर क्षेत्री, वरीष्ठ उपाध्यक्ष प्रेम न्यौपाने, अस्पतालका निर्देशक डा. विनोद पौडेल तथा व्यवस्थापक हरी सापकोटा रहनुभएको थियो। लायन्स क्लब अफ दलदलेका अध्यक्ष लायन जिवलाल पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपानेले अक्सिजन कन्सन्ट्रेटरको लागि आर्थिक सहयोग गर्ने नेपाली अमेरिकन लायन्स र समन्वय गरेर सामुदायिक प्राकृतिक चिकित्सालयमा वितरण गर्ने लायन्स क्लबहरु लायन्स क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ दलदलेलाई धन्यवाद दिदै अस्पातलले सो अक्सिजन कन्सन्ट्रेटरको अधिकतम प्रयोग गरेर बिरामीहरुको सेवा दिनेमा आफु विश्वस्त रहेको जानकारी दिदै अस्पताल परिवारलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नु भएको थियो । यस्तै अस्पतालका निर्देशक डा. विनोद पौडेलले अस्पातललाई सम्झिएर अक्सिजन कन्सन्ट्रेटर वितरण गरेकोमा लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल लगायत सम्पूर्ण सम्बद्ध निकायहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा सामाजिक संस्थाहरुबाट सहयोग र साथको अपेक्षा रहेको कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रम लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेर बहादुर पौडेलले सन्चालन गर्नु भएको थियो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा बिहिबार नै कावासोती नगरपालिकाको वडा नम्बर १२ पिठौलीमा रहेको पिठौली स्वास्थ्य चौकी (सन्तुदेवी उपचार केन्द्र) मा समेत एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । लायन्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ नेपालका डिष्ट्रिक्ट एक्जुकेटिव चिफ लायन दिनानाथ न्यौपाने र सिद्धार्थलाल चुके, डिष्ट्रिक्ट एड्भाइजर चिफ लायन राजेन्द्र गौतम, एरिया नम्बर ३ का चिफ एरिया कोअर्डिनेटर लायन बाल गोपाल चुके, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका सचिव शेरबहादुर पौडेल तथा लायन्स क्लब अफ दलदलेका सस्थापक अध्यक्ष लायन जिवलाल पराजुली र सदस्यहरु उपस्थित भई स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक ईन्द्र बहादुर महतोलाई सो अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको थियो ।

Write your Comment