आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

मृतक महिला ४५ मिनेटपछि ब्युँतिइन् !

    प्रकाशित २०७८ आश्विन ४, सोमबार (२ साल अघि)


काठमाडौं । अमेरिकामा ‘मरिसकेकी’ एक महिला ४५ मिनेटपछि ब्युँतिएकी छिन् । केथी प्याटेन नामकी महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन् । तर उनलाई डाक्टरहरुले अथक प्रयास गरेर जीवनदान दिन सफल भएकाछन् ।

अमेरिकाको मेरिल्याण्डकी बासिन्दा केथी गल्फ खेलिरहेको बेला उनकी छोरीलाई सुत्केरी व्यथा लागेको जानकारी पाइन् फोनमार्फत् । त्यसपछि उनी छोरीलाई भर्ना गरेको ग्रेटर बाल्टिमोर मेडिकल सेन्टरमा आइन् । तर अस्पताल आउनेबित्तिकै उनलाई हृदयाघात भयो ।
उनलाई तत्कालै आकस्मिक कक्षमा लगियो र डाक्टरहरुले उनलाई कृत्रिम स्वासप्रस्वास क्रिया (CPR) को सहायताले उनको उपचार सुरु गरे । तर एक्कासी उनको मुटुको धड्कन चल्न छाड्यो भने रक्तचाप र मस्तिष्कमा अक्सिजन पनि शून्य भयो ४५ मिनेटका लागि । त्यो भनेको उनी मरिसकेको लक्षण थियो ।

सोही समयमा उनकी छोरीलाई बच्चा निकाल्नका लागि शल्यक्रिया गर्नुपर्ने भयो । तर त्यही समयमै चमत्कार भयो । झण्डै ४५ मिनेटसम्म वैज्ञानिक रुपमा मरिसकेकी केथीलाई ब्युँताउन डाक्टहरु सफल भए । चमत्कार त के भयो भने यति लामो समयसम्म अक्सिजनको प्रवाह नहुँदा पनि उनको मस्तिष्कमा कुनै असर परेको देखिएन ।

स्थानीय मिडियासँग कुराकानी गर्दै केथी भन्छिन्– यो मेरो जीवनको दोश्रो मौका हो । म जीवनमा अब सबै प्रकारले सबैभन्दा राम्रो मान्छे बन्नेछु र जीवनमा उपलब्ध हरपलको समयप्रति म कृतज्ञ छु ।

केथी ‘मरेर बाँचेको’ केही छिनमै उनकी छोरी स्टेसीले पनि बच्चा जन्माइन् ।

–एजेन्सीको सहयोगमा

Write your Comment