आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

आम संचार विधेयक तत्काल फिर्ता गर्न पत्रकार महासंघ नवलपुरको आग्रह

    प्रकाशित २०७८ आश्विन ४, सोमबार (२ साल अघि)

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयक तत्काल फिर्ता लिन आग्रह गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश सरकारले प्रदेश सभामा टेबल गरेको विधेयकमा भएका केही प्रावधानहरु प्रेस स्वतन्त्रता विरोधी र नागरिक अधिकार कुण्ठित गर्ने गरि उल्लेख गरिएकोले प्रेसलाई नियन्त्रण गर्ने गरि ल्याईएको विधेयक आफुहरुलाई मान्य नहुने भन्दै नेपाल पत्रकार महासंघ नवलपुर शाखाले समितिले सोमबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी मार्फत मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई ज्ञापनपत्र बुझाउदै विधेयक तत्काल फिर्ता लिन आग्रह गरेको हो ।

नेपालको संविधानले प्रदत गरेको अधिकार अभिव्यक्ति स्वतन्त्रता प्रतिकुल रहेको भन्दै तत्काल विधेयक फिर्ता लिन माग गरेको छ । त्यस्तै नेपाल पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले ज्ञापनपत्र बुझाउदै विधेयकमा भएका केही प्रावधानहरु लाई नसच्याई पुन विधेयक ल्याएमा नेपाल पत्रकार महासंघ नवलपरासी आन्दोलनमा जाने समेत बताउनुभयो । प्रदेश सरकारले प्रदेश सभाको विधायन समितिमा टेबल गरेको विधयेक प्रेस माथि अंकुस लगाउने गरि ल्याउन लागिएको भन्दै सर्वत्र विरोध हुदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले आज नै ज्ञापनपत्र गण्डकी प्रदेश सरकारमा पठाउने बताउनुभयो ।

Write your Comment