आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अदालत , निर्वाचन आयाेगसंग सेटिङ आउट नभए सम्म संसद अवरुद्ध कायम रहन्छ : एमाले नेता अधिकारी

    प्रकाशित २०७८ आश्विन १, शुक्रबार (२ साल अघि)


देवचुली । नेकपा एमालेका नेता एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले श्रीमान ५ काे आदेशले गठन गरेकाे परमादेश सरकारले सेटिङमा काम गरेकाले संवैधानिक व्यवस्था भत्किएकाे बताउनु भएकाे छ । आज एमाले नवलपुरले दलदलेमा गरेकाे बृहत् कार्यकर्ता भेलामा बाेल्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । दल भन्दा बाहिर मत हाल्न पाउनु भनेकाे निर्दलीय अभ्यास भयाे । त्याे अदालत, निर्वाचन आयाेगकाे सेटिङले संवैधानिक दायरा नाग्दा एमालेले खबरदारी गर्नु परेकाे नेता अधिकारीले बताउनुभयाे । अहिले तथाकथित गठबन्धनका कारण संसद अबरुद्ध भएकाे हाे । याे सेटिङ नभत्काउदा सम्म संसद अवरुद्ध कायम रहन्छ उहाले भन्नूभयाे -‘ सभामुख हुन नसक्ने कुपात्र अग्नि सापकोटा सभामुख हुँदा संबैधानिक मर्यादा कायम हुन सकेन´ ।
चैतमा महाधिवेशन गराै प्रधानमन्त्री भएका सबैले नेतृत्व छाेडाै भन्ने केपी ओलीकाे प्रस्ताव प्रचण्ड माधव नेपालले नमान्दा पार्टी र देशले वर्तमान समस्या झेल्न परेकाे छ नेता अधिकारी भन्नुभयाे-`देशी विदेशी प्रतिकृयावादी नलागेकाे भए नेकपा टुक्रिने थिएन’ । प्रचण्ड माधव नेपाल संसद पुनस्थापना हुँदा केपी हाेईन म प्रधानमन्त्री भनेर पार्टीमा कुरा नराख्ने अनि चितवनमा लड्डु खाएर शेरबहादुर देउवा कहाँ पुग्नु भनेकै प्रतिकृयावादीकाे कित्तामा उभिनु हाे । संसद पुनःस्थापना प्रतीक्रान्ति हाे उहाँले थप्नुभयाे ।

Write your Comment