आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

भीमसेन आदर्श नमूना मा. वि. मा ब्याडमिन्टन कोर्ट निर्माण

    प्रकाशित २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।भीमसेन आदर्श नमूना मा. वि.मा निर्माण गरिएको ब्याडमिन्टन कोर्ट सोमबार समुदघाटन गरिएको छ ।
विद्यालयको आन्तरिक स्रोतबाट निर्माण गरिएको ब्याडमिन्टन कोर्टको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल,देवचुली वडा न ७ का अध्यक्ष भुपराज पाठक र प्रधानाध्यापक अग्नि भुसालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । स्वास्थ्यका लागि खेलकुद र विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद भन्ने नाराका साथ विद्यार्थीहरुलाई पढाईसँगसँगै खेलकुदमा लाग्न प्रेरित गर्न ब्याडमिन्टन कोर्टको निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालले बताउनुभयो ।

पढाईमा उत्कृष्ट नतिजा दिन सफल भैरहेको विद्यालयले जिल्ला हुँदै राष्ट्रका उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नका लागि विद्यार्थीहरुलाई समय व्यवस्थापन गरि विभिन्न खेल खेलाउने वातावरण बनाउनुपर्ने देवचुली वडा न ७ का अध्यक्ष भुपराज पाठकले बताउनुभयो । विद्यालयलाई खेलमैत्री बनाउनका लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने समेत पाठकले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

लामो समय कोभिड १९ का कारण भर्चुअल माध्यमबाट कक्षा संचालन भएकोमा स्वास्थ्य सावधानी अपनाउँदै केही दिनबाटै विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयलाई संचालन गर्न लागिएको साथै विद्यार्थीहरुलाई लामो समयसम्म विद्यालय नआई घरमै भर्चुअल माध्यमबाट पढ्ने बानी परेकाले विद्यालयमा पढाइ मात्र नभई मनोरञ्जनका लागि खेलहरु खेलाउँदा पढाईमा थप सहजता आउने भएकाले कोर्ट निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो । आगामी दिनमा खेलमैदान निर्माण साथै स्तरोन्नति गरिने समेत भुसालले बताउनुभयो ।
भीमसेन आदर्श नमूना मा. वि. नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय हो । कक्षा १ देखि कक्षा १२ सम्म संचालित विद्यालयमा १७५८ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

Write your Comment