आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

विश्वकप क्रिकेट लिग २: नेपालकाे विजयी सुरुवात, अमेरिकाविरुद्ध नेपालको सानदार जित

    प्रकाशित २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)

युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र राेहितकुमार पाैडेलले अर्धशतकीय पारी खेलेपछि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेकाे छ ।आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान क्रिकेट एकेडेमीकाे मैदानमा भएको खेलमा २३१ रनकाे लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट क्षतिमा पूरा गर्याे ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रनकाे शानदार पारी खेले । तेस्राे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले ९३ बलमा ३ चाैका र ३ छक्का प्रहार गर्दै पहिलो अर्धशतक जोडे । उनले आशिफ शेखसँग मिलेर पहिलाे विकेटका लागि ६६ रनकाे कीर्तिमानी साझेदारी गरेका थिए । पहिलाे विकेटमा यसअघि कप्तान ज्ञानेन्द्र मल्ल र विनाेद भन्डारीले ६१ रनकाे कीर्तिमान बनाएका थिए ।
आसिफ आउट भएपछि आएका कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट भए । त्यसपछि आएका कुशल मल्लले १ रनमात्र बनाउन सके ।तर राेहित पाैडेल र विनाेद भन्डारीले पाँचाैं विकेटका लागि ८३ रनकाे साझेदारी गरेपछि नेपालकाे ५ विकेटका जित सहज भएकाे हाे । जितका लागि ३ रन बाँकी रहँदा विनाेद भन्डारी ३७ रन बनाएर आउट भएका थिए । उनले ४८ बलमा २ चाैका र १ छक्का प्रहार गरे । सम्हालिएर ब्याटिङ गरेका राेहितले ८७ बलमा ६२ रनमा अविजित रहे । उनले २ चाैका र ३ छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो । अमेरिकाका लागि मोनाङ्क पटेलको शतकीय पारी खेल्दा निसर्ग पटेलले २१ रनको योगदान गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा मोनाङ्क पटेलको यो पहिलो शतक हो । अमेरिकाका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने उनि दोस्रो खेलाडी बनेका छन् । यसअघि जसकरण मलहोत्राले पीएनजीविरुद्ध शतक प्रहार गरेका थिए ।मोनाङ्कले ७९ रन हुँदा जीवनदान पाएका थिए । नेपाललाई बिक्रम सोबले पहिलो सफलता दिलाएका थिए ।
पपुवा न्युगिनीविरुद्ध छक्काको रेकर्डसहित शतकीय पारि खेलेका जसकरण मलहोत्रा नेपालविरुद्ध भने टिक्न सकेनन् । उनलाई सुशन भारीले ११ रनमै पभेलियन पठाउँदै नेपाललाई पाँचौं सफलता दिलाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान २–२ विकेट लिँदा सुशन भारीको नाममा एक विकेट रह्यो । सन्दीप लामिछानेले १० ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ३५ रन खर्चिएर २ विकेट लिएका थिए । यसैगरी सुशन भारीले १० ओभरको स्पेलमा ३१ रन खर्चिएर २ विकेट लिँदा कुशल मल्लले आफ्नो पुरा स्पेलमा ४५ रन खर्चिएर एक विकेट हात पारे ।
विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ४४ रन दिएका थिए । यसैगरी करण केसीले ५ ओभरमा ४१ रन खर्चिएका थिए ।

Write your Comment