आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

संखुवासभामा एकै परिवारमा ६ जनाको सामुहिक हत्या

    प्रकाशित २०७८ भाद्र २१, सोमबार (२ साल अघि)


संखुवासभा । संखुवासभामा एकै परिवारमा छ जनाको सामुहिक हत्या भएको छ । सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ र त्यसैको आधारमा अनुसन्धानमा संलग्न एक अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् ।

घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव, घरबाट माथि पट्टी दुई जना बच्चाको शव, खोल्साबाट २५ मिटर पर एक पुरुषको शव भेटिएको छ भने घरभित्र अर्की एक महिलाको शव भेटिएको छ । ‘ठाउँठाउँमा उनिहरुको हुन सक्ने चप्पलहरु पनि भेटिएका छन्, भाग्दा फुस्किएको पनि हुनसक्छ’ एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदीले आफू घटनास्थलतिर जाँदै गरेको बताउँदै हत्याको कारण हालसम्म नखुलेको बताए । ‘कुकुरसहितको टोली पुगेपछि जाँच गरेर मात्रै विस्तृत अनुसन्धान हुनेछ’ उनले भने ।

घरमा एक जना वृद्ध भने सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकिरहेको छैन ।

Write your Comment