आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु

    प्रकाशित २०७८ श्रावण ३०, शनिबार (२ साल अघि)


पाल्पा । पाल्पामा आफ्नै बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकैबारीमा आएको स्याललाई हान्दा छोरालाई लागे पछि छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकैबारीमा आएको स्याललाई हानेका थिए ।

स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

Write your Comment