आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा ध्यान दिन सरोकारवालाको जोड

    प्रकाशित २०७८ श्रावण २६, मंगलबार (२ साल अघि)


काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगष्ट १२ को अवसरमा देशभरी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल र बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको संयुक्त आयोजनामा बालिका तथा किशोरीको स्वास्थ्य र संरक्षणमा युवाको भुमिका विषयक भर्चुअल छलफल कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले स्वागत तथा भनाइ राख्दै आजका बालबालिका र किशोरी भोलिका युवा पनि हुन् भन्दै उनीहरुको स्वास्थ्य र संरक्षणमा सबै गम्भीर हुुनुपर्नेमा जोड दिनुभएको थियो । परिषद्को स्थापना पश्चात यसको लागि निरन्तर रुपमा नीतिगत पैरवी र युवाहरुको क्षमता विकासमा लागीरहेको उहाँले बताउनुभयो । रुढीवादी परम्परा र खराव अभ्यासहरुको अन्त्यको लागि युवाहरुको क्षमता विकास गरी उनीहरुको सहभागितामा नै यसको कार्यहरुको पहल परिषद्ले सुरु गरेको उहाँले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा अधिकारकर्मी इन्दु पन्त घिमिरे, बन्दना राणा, बेनुमाया गुरुङ, रक्षा पौडेलले बालिका र किशोरीको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणको विषयमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो । आज पनि सवै तहमा उनीहरुको सहभागिता नभएको र सवै वर्गहरुको सहभागिता सुनिश्चितता आवश्यकता महसुस भएको र सोही अनुसार नै नीति र नियमहरुको निर्माणमा लाग्नको लागि अनुरोध गर्नुभएको थियो ।
युवा प्रतिनिधि समिर परियार र किशोरी प्रतिनिधि प्रिती भूषालले प्रजनन् स्वास्थ्य, महिनावारी, युवाहरुलाई सचेत गर्दै उनीहरु मार्फत नै सचेतना अभिवृद्धि गर्दै लैजानुपर्ने बताउनु भएको थियो । समाजमा आज पनि किशोरीहरुलाई हेर्ने नजर विभेदसँग जोडीएको र सहभागिता नाम मात्रको भएकोेले उनीहरुको सहभागिता अभिबृद्धीको लागि राज्यपक्षले बढी ध्यान दिन सके राम्रो हुने र तवमात्र किशोरीमैत्री र युवामैत्री शासन व्यवस्था आउने उहाँहरुले बताउनुभयो ।
युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरुपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालिएको हो । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रुपमा समावेश गरेको छ भने युथ भिजन २०१५–२०२५ जारी गरी सरकारले २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा कामगर्दै आईरहेको छ । नेपालमा कूल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेका भएपनि परिवर्तनका वाहक र संवाहकहरुको शिक्षा स्वास्थ्य सुरक्षा, रोजगारको शुनिश्चितता हुन सकिरहेको अवस्था नभएको सरोकारवालाले बताएका थिए ।
कार्यक्रम समाजकल्याण परिषद्का उपाध्यक्ष डा.पदमप्रसाद खतिवडाले अवको पुस्तालाई समानताको लागि प्रतिबद्ध दस्ताको रुपमा विकास गरीनुपर्ने र सवै दातृ निकायहरुबाट कार्यक्रमहरु र परियोजनाहरुको अनुमती दिँदा बालबालिकाहरु, किशोरीहरु र युवाहरुको सहभागिता कसरी अभिबृद्धी गराउने योजना छ ? उनीहरुलाई बढी भन्दा बढी लक्षित वर्गमा कार्यक्रमहरु लैजानको लागि पहल गरेको बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले सरकारलाई योजनामा समावेश गरी सवै प्रकारका बिभेदहरु र असमानताहरुको अन्त्यको लागि नीतिहरु र कार्यक्रमहरु निर्माण गर्नमा सहजिकरण गरिएको र संविधानले तोकेका सवै खालका अधिकारहरुको संरक्षण र सम्र्बद्धनमा निरन्तर रुपमा लागीरहेको उहाँले बताउनुभयो । यौनिक अल्पसंख्यक र सिमान्तकृत समुदायको प्रतिनिधीत्व सही रुपमा निर्माणको लागि लागीरहने उहाँले बताउनुभयो ।
राष्ट्रिय महिला आयोगको अध्यक्ष कमला पराजुलीले आजको बालिका नै भोलीको एक महिला, जेष्ठ नागरिक नै भएकोले छोरी आमाको पेटमा आएदेखीबाट विभेद देखीने भएकोले त्यहीबाट नै विभेदहरु अन्त्यको लागि लाग्नको लागि अनुरोध गर्नुभयो । पाठ्यक्रममा नै बालिकामैत्री विषय समावेश गर्न सक्ने हो भने घरबाट नै र विद्यालयबाट नै समान रहने र विभेद अन्त्य तवमात्र रहने उहाँले बताउनुभयो ।
१५० भन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा प्लान इन्टरनेशन नेपाल, कियर नेपाल, गुडनेर्भस इन्टरनेशनल नेपाल, सेभ द चिल्ड्रेन, वल्डभिजन इन्टरनेशनल, ओरेक, कारितास जर्मनी, हेफर इन्टरनेशनल, टि.डि.एच. जर्मन र रेस्टलेस डेभलपमेन्ट, सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, मर्सी कोर, लायन्स क्लव अफ काठमाडौँ चाइल्ड राईट्स, नेपाल युथ नेटवर्क, एसडिजि स्टुडियोको सहकार्य र क्यानालान स्विजरल्याण्डको सहयोग रहेको थियो ।
कार्यक्रममा किशोरीहरु र युवाहरुको सवालको रुपमा बालविवाहको अन्त्य, हिंसा, जोखीम र दुर्व्यहारबाट जोगीनको लागि उपयुक्त वातावरण, आत्मसुरक्षा, महिनावारी, पोषण, गर्भपतन र सही रुपमा स्वास्थ्य उपचारको सवालहरु, पूर्वाधारहरु किशोरीमैत्री र युवामैत्री, बजेटको व्यवस्थापन किशोरीहरु र युवाहरुसँग रहेकोले यही सवालहरुलाई आधार मानेर कार्यहरु गर्नको लागि सवैले एक्यबद्धता जनाएका थिए ।

Write your Comment