आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024 Search
FLASH NEWS

नेबिको बिस्कुट कम्पनीमा भीषण आगलागी ( भिडियो सहित)

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कम्पनिमा रातिदेखि भीषण आगलागी भएको छ । शुक्रबार राती दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । २९ वटा पानी ट्याङ्कर १२ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

नेबिको प्रा. लि. अन्तर्गतको नेपालकै ठुलो बिस्कुट कम्पनीमा इलेक्ट्रिक सर्ट भएर आगो लागेको हुनसक्ने कर्मचारी श्रोतले जानकारी दिएका छन् । सेना प्रहरी समेत लगेर आगो नियन्त्रण गर्ने प्रयास भएता पनि अझै नियन्त्रण हुन सकेको छैन ।

Write your Comment