आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको कावासोतीमा फेला परेको बेवारिसे बम नेपाली सेनाद्वारा डिस्फोज

    प्रकाशित २०७८ श्रावण ९, शनिबार (२ साल अघि)


नवलपुर । नवलपुरको कावासोतीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्फोज गरेकोछ ।

कावासोती १४ कोल्टाँडी क्षेत्रको जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शनिबार फेला परेको बमलाई अहिले नेपाली सेनाको कालीध्वज गणका बम डिस्फोजल टोलीले दिउँसो डिस्फोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बम जनयुद्धमा माओवादीले छाडेको हुन सक्ने आशंका गरिएको छ । उक्त बम हेण्ड ग्रिनेट प्लाष्टिक बम हो ।

Write your Comment