आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नेपाली काँग्रेस देवचुली-९ वडा सभापतिमा छ जना आकाङ्क्षी

    प्रकाशित २०७८ श्रावण ६, बुधबार (२ साल अघि)


होमनाथ पौडेल, देवचुली ।नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको तयारी देवचुली नगरपालिका वडा नम्बर ९ मा पनि सुरु भएको छ। वडा अधिवेशनको चटारो सुरु हुँदै गर्दा यहाँ पार्टीको नेतृत्व लिन छ जना आकाङ्क्षी रहेको पाइएको छ। पार्टी सभापतिका लागि वुद्धिसागर भुसाल, कृष्ण बहादुर आले, महेन्द्र अधिकारी, यदुनाथ कंडेल , हालका सभापति विष्णुप्रसाद भुसाल र बलिराम सापकोटा समेतको दाबी रहेको छ।

बुद्धिसागर भुसाल कालिका मावि देवचुली-९ का शिक्षक अभिभावक संघका अध्यक्ष हुन् भने उनी वडाभित्र बौद्धिक, विकासप्रेमी र युवाहरुले अत्याधिक रुचाउने व्यक्तिभित्र पर्दछन्। त्यस्तै कृष्णबहादुर आले पार्टीका उपसभापतिसँगै जनजागृत युवा क्लबका अध्यक्ष हुन्। महेन्द्र अधिकारी समाजसेवी एवं चन्दादाताको रुपमा परिचित छन् भने यदुनाथ कंडेल पार्टीपंक्ति साथै मौरीपालनमा जिल्लाभित्र निकै चिनिएका व्यक्ति हुन्। यसैगरी वडाको समग्र विकासमा खट्दै अएका, समाजसेवीका रुपमा परिचीत हालका सभापति विष्णुप्रसाद भुसालले पनि पुन: सभापतिमा दाबी प्रस्तुत गरेका छन्। बलिराम सापकोटा देवचुली नगर युवा तथा खेलकुद विकास समितिको संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्वको रुपमा परिचीत छन् । यसैगरी पार्टी सचिवमा भरत आचार्य, खेम बहादुर सारु र नारायण भुसालले आकाङ्क्षा व्यक्त गरेका छन्। वडाकमिटीका अन्य पदाधिकारी चयन भने सबैको रायसल्लाह र सहमतिमा टुंङ्गिने देखिएको छ।

Write your Comment