आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ दलदले स्थापना

    प्रकाशित २०७८ श्रावण ६, बुधबार (३ साल अघि)


देवचुली । लायन्स क्लव अफ दलदलेले एक कार्यक्रम गर्दै क्लव स्थापना तथा संस्थापक समितिको घोषणा गरेको छ । लायन्स क्लव अफ नारायणगढ बालकुमारीको प्रायोजनमा ४ जुलाई २०२१ मा नै अन्तर्राष्ट्रिय लायन्स क्लव एसोसियसनबाट मान्यता पाई दर्ता भएको यस क्लवले मंगलबार आफ्नो पहिलो तथा संस्थापक समितिको घोषणा कार्यक्रम गरेको हो ।

जीवलाल पराजुली संस्थापक अध्यक्ष रहने गरी कूल २२ जना सदस्य यस क्लबभित्र समेटिएका छन् । वर्ष २०२१-२२ का लागि यही संस्थापक कार्यसमितिमा रहेर कार्य सम्पादन गरिने अध्यक्ष जीवलाल पराजुलीले जानकारी दिए ।

क्लवको प्रथम उपाध्यक्षमा अग्निधर भुसाल, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद काफ्ले, सचिव टिएम पौडेल र कोषाध्यक्ष सन्तोष पुडासैनी रहेका छन् ।

यस्तैगरी मेम्बरसीप चियरपर्सनमा बिशाल पराजुली, एलसीआईएफ कोअर्डिनेटरमा सन्दीप पौडेल, क्लव सर्भिस चेयरपर्सनमा नरेश श्रेष्ठ, क्लव मार्केटिङ्ग कम्युनिकेशन चेयरपर्सनमा मदनबहादुर पौडेल रहेका छन् ।

क्लवले चार जना डाइरेक्टर पनि चयन गरेको छ । जसमा केशवराज पाण्डे, केशव भण्डारी, रोमन पिया र जगदिश तिवारी छन् ।

दलदलेस्थित जंगल साइड लक्जरी होटलमा सम्पन्न कार्यक्रममा प्रायोजक लायन्स क्लव अफ नारायणगढ बालकुमारीका सचिव शेरवहादुर पौडेल अतिथि रहेका थिए भने कार्यक्रमलाई क्लवका द्वितीय उपाध्यक्ष कृष्णप्रसाद काफ्लेले संचालन गरेका थिए ।

Write your Comment