आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा दुई हजार बढिले लिए निशुल्क अटो र एम्बुलेन्स सेवा

    प्रकाशित २०७८ श्रावण ५, मंगलबार (३ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले सञ्चालन गरेको निशुल्क एम्बुलेन्स तथा अटो सेवाबाट दुई हजार ५५ जना नगरबासी लाभान्वित भएका छन् ।
कोभिड – १९ महामारीका कारण जारि निषेधाज्ञामा नगरका स्थानीयलाई सहज होस् भनी सञ्चालन गरिएको निशुल्क अटो तथा एम्बुलेन्स सेवाबाट उक्त संख्यामा नगरबासीले सेवा लिएका हुन् ।
निषेधाज्ञाको समयमा अन्य सवारी साधन संचालन नहुँदा उपचारका लागि अस्पताल जान आउन नगरका नागरिकलाई समस्या हुने भएपछी कावासोती नगरपालिकाले निशुल्क अटो सेवा सञ्चाल गरेको थियो । यसले कुनै समस्या परेर अस्पताल जान चाहनेका लागि धेरै सहजता प्रदान गरेको कावासोती नगरपालिका उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले बताउनुभयो । ‘हामिले नगरका नागरिकको सहजताका लागि एउटा एम्बुलेन्स सहित तीन वटा अटो सञ्चालन गरेका थियौं, यसले अस्पताल जान आउन धेरै सहयोग पुर्याएको छ’ उप प्रमुख मर्दनियाले भन्नुभयो ।
नगरपालिकाले बैशाख २४ गतेदेखि असार २० गतेसम्म निशुल्क अटो सेवा सञ्चालन गरेको थियो । भने , निशुल्क एम्बुलेन्स सेवा बैशाख २२ गतेदेखि अहिले पनि सञ्चालनमा छ ।
लु १ ह १४०९, ना २ ह १४१३ र लु १ ह २९०१ नं ३ वटा अटो सञ्चालनमा ल्याईएको हो ।
आफ्नो सवारी साधन नभएका कतिपय नगरका नागरिकलाई निशुल्क अटो सेवा लाभदायी बनेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तिले बताउनुभयो । कोभिड बाहेक अन्य कुनै सामान्य विरामी परे अस्पताल जान निशुल्क सेवा प्रभावकारी बनेको उहाँले बताउनुभयो ।
निषेधाज्ञाका कारण अन्य सवारी नचल्दा , सामान्य चेकजाँच गर्न अस्पताल सम्म जान समेत कठिन भएको अवस्थामा निशुल्क रुपमा संचालन गरिएको अटो ,एम्बुलेन्स सेवाले सहज भएको स्थानीय सेवाग्राही माधव देवकोटाले बताउनुभयो ।

Write your Comment