आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुली काङ्ग्रेस नगर सभापतीमा कडरियाको उम्मेदवारी घोषणा

    प्रकाशित २०७८ श्रावण ३, आईतबार (२ साल अघि)


देवचुली । नेपाली काङ्ग्रेस देवचुली नगर सभापतिमा डिल्लिराम कडरियाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। शनिबार नेपाली काङ्ग्रेस देवचुली-१२ वडा समितिले आयोजना गरेको क्रियाशील सदस्य र साधारण सदस्य बिचको अन्तरक्रिया कार्यकममा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत रहनुभएका डिल्ली राम कडरियाले आगामी चुनावमा देवचुली नगरको पार्टी सभापतिमा आफ्नो उम्मेद्बारी रहने घोषणा गर्नु भएको हो ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस वडा न १२ ले सर्वसम्मत रुपमा देवचुली कांग्रेसको नगर सभापतिमा डिल्लिराम कडरियालाइ उठाउने निर्णय गरिएको वडा पार्टी सचिव गजेन्द्र लामिछानेले जानकारी दिनुभयो। युवा कार्यकर्ताको बाक्लो उपस्थितिमा आयोजना भएको उक्त कार्यक्रममा कार्यकर्ताहरुको जिज्ञासा ,सल्लाह सुझाबलाई आत्मसाथ गर्दै युवा लक्षित राजनिती/ कार्यक्रमले मात्र अबको निकास र नगरको विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने भन्दै देवचुली १२ बाट कडरियालाई नगर सभापतिमा उठाउन आफुहरु लागिपरेको वडा सभापती चित्र प्रसाद पराजुलीले बताउनुभयो ।

उम्मेदवारी घोषणा पश्चात् आफ्ना कुराहरु राख्दै कडरियाले आफ्नो उम्मेदवारी पदका लागि मात्रै नभएर काम गरेर देखाउनका लागि भएको बताउनुभयो। उहाँले पार्टीलाई बलियो बनाई नेपाली काङ्ग्रेसका एजेन्डाहरुलाई स्थापित गराउन १४ औं महाधिवेशनमा देवचुली नगर सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।
नेपाली काङ्ग्रेसको १३ औं महाधिबेशनमा पनि देवचुली नगर सभापतिको बलियो उमेदवार रहेका कडरियाले पार्टीको निर्देशन र सहमतीमा नगर सभापतिको पद छोड्नुभएको थियो।

Write your Comment