आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ श्रावण २, शनिबार (२ साल अघि)


राजु चापागाई, देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा बृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संरक्षण प्रकृतिको सुरक्षा सन्ततिको भन्ने मुल नारासहित राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीको आयोजनामा शनिबार देवचुली नगरपालिका वडा न १ मा रहेको दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । राष्ट्रिय युवा संघको बृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत देवचुली नगर कमिटीले पनि सुनकागती , अमला, कपुर, लप्सी लगायतका ३०० बढी बिरुवाहरु रोपण गरिएको राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीको अध्यक्ष हरिचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद तिलक महतले देशभर राष्ट्रिय युवा संघले सुरु गरेको वृक्षारोपण कार्यक्रम निकै उत्कृष्ट भएको बताउनुभयो । “युवाहरु प्रकृतिलाई हरियाली बनाउन लागि पर्नु राष्ट्रको लागि गौरवको विषय हो। वृक्षारोपण गर्नु ठुलो कुरा नभई बिरुवाहरुलाई हुर्काउनु महत्त्वपूर्ण भएकाले संरक्षण गर्न सबै लाग्न आवश्यक छ “- महतले भन्नुभयो ।
राष्ट्रिय युवा संघ देवचुली नगर कमिटीको अध्यक्ष हरीचन्द्र भट्टराईको अध्यक्षता भएको वृक्षारोपण कार्यक्रममा संघीय सांसद तिलक महतको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य हरी न्यौपाने , देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी , राष्ट्रिय युवा संघ नवलपुरको अध्यक्ष कृष्ण कंडेल , नेकपा एमाले जिल्ला तथा नगर कमिटी पदाधिकारी , राष्ट्रिय युवा संघ नवलपुरका जिल्ला कमिटी तथा देवचुली नगर कमिटी पदाधिकारीलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Write your Comment