आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाका १६९५ जनाले लगाए कोभिड-१९ विरुद्धको भेरोसेल खोप

    प्रकाशित २०७८ श्रावण १, शुक्रबार (३ साल अघि)


देवचुली, १ साउन ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो दिन १ हजार ६ सय ९५ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका ८ वटा खोप केन्द्रमार्फत भेरोसेल खोपको पहिलो मात्रा लगाइएको हो ।

शुक्रबार देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा २ सय ४४ महिला र २ सय ४२ पुरुष गरि ४ सय ८६ जना, देवचुली स्वास्थ्य चौकीमा १ सय ५७ महिला र १ सय ६१ पुरुष गरि ३ सय १८ जना, प्रगतिनगर स्वास्थ्य चौकीमा २ सय ६५ महिला र २ सय २७ पुरुष गरि ४ सय ९२ जना र रजहर स्वास्थ्य चौकीमा १ सय ५५ महिला र २ सय ४४ पुरुष गरि ३ सय ९९ सहित जम्मा ८२१ महिला र ८७४ पुरुष गरि १ हजार ६ सय ९५ जनाले पहिलो मात्रा भेरोसेल खोप लगाएका देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताए ।

पराजुलीका अनुसार बाँकी रहेका लक्षित समुहलाई शनिबार पनि भेरोसेल खोप लगाईने छ । देवचुली १ देखि ५ वडाका लक्षित समूहलाई दुम्कौली अस्पताल, देवचुली ६ देखि ९ वडाका लक्षित समूहलाई देवचुली स्वास्थ्य चौकी, देवचुली १० देखि १५ वडाका लक्षित समूहलाई प्रगतिनगर स्वास्थ्य चौकी र देवचुली १६ र १७ वडाका लक्षित समूहलाई रजहर स्वास्थ्य चौकीमा खोप लगाईने छ ।

नगरपालिकाले यसपटक ५५ वर्ष भन्दा माथिका, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु, यसभन्दा अगाडि पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरु र सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई खोप लगाएको छ ।

देवचुली नगरपालिकालाई यसपटक २ हजार ६ सय १० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Write your Comment