आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

हुप्सेकोट ५ को दुई वटा बस्ति स्थानान्तरण गरिदै

    प्रकाशित २०७८ श्रावण १, शुक्रबार (२ साल अघि)


ज्ञानु पंगेनी, नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ५ मा पहिरोका कारण ३१ घर विस्थापित भएका छन् ।
असार लागेपछि लगातारजसो परेको पानीले वागखोरको १८ र बसेनी गाउँको १३ घर परिवार पहिरोको उच्च जोखिममा परेपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न शुक्रबार टोली गाउँ पुगेको छ । जिल्ला प्रहरी कार्यालय , प्रहरी चौकी झ्यालबास , ईलाका प्रहरी कार्यालय रुद्रपुर , शशस्त्र प्रहरीको २८ जनाको टोली र स्थानीय स्वयमसेवकको टोली बस्ती स्थानान्तरण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।
हुप्सेकोट गाउँ कार्यपालिकाको कार्यालय झ्यालबासबाट करीब ५ घण्टाको बाटो हिडेर टोली बस्तीमा पुगेको मल्लले बताउनुभयो । वर्षाले बाटो बिग्रीएकाले सवारी नचल्दा हिडेरै स्थानान्तरण गर्नुपरेको हो ।
वागखोरको १८ घर परिवारलाई शुक्रबार साँझसम्म तल ल्याएर जनता मावि वेलुवामा राखिने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । बसेनीको १३ घरलाई शनिबार ल्याईने उहाँले जानकारी दिनुभयो । उनीहरुलाई गिरुवारीको विद्यालयमा राखिने उहाँले बताउनुभयो । सामाग्री सहित हिडेरै ल्याउनुपर्दा एकैपटकमा नसकिने उहाँले बताउनुभयो । अर्को वैकल्पिक व्यवस्था नहुँदासम्मका लागि उनीहरुलाई विद्यालयमा राखिने पंगेनीले बताउनुभएको छ ।
पशु चौपायलाई सुरक्षित स्थान पोखरी भन्ने ठाउँमा गाउँपालिकाले रेखदेखका लागि स्थानीयलाई रकम व्यवस्थापन गरेर राख्न व्यवस्था गरेको छ ।
लगातारको पानीले बस्ति नजिकैको खोल्सोमा पानीको बहाव बढेर पहिरो जानेक्रम भईरहेको स्थानीयको भनाई छ । असार २३ गते परेको पानीले ठूलो पहिरो गएपछि बस्ति जोखिममा परेको हो ।

Write your Comment