आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गैँडाकोटबाट सम्पर्कविहिन भएकी किशोरी नारायणगढबाट फेला

    प्रकाशित २०७८ अषाढ २३, बुधबार (३ साल अघि)


नवलपुर गैँडाकोटबाट १२ दिनदेखी सम्पर्कविहिन भएकी किशोरी नारायणगढबाट फेला परेकी छन् ।गैँडाकोट ४ मा बस्दै आएकी २१ बर्षिया पुनम घर्ती नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । उनलाई दिउँसो डियुटीमा खटिएका प्रहरीले बाटोमा हिंड्दै गर्दा फेला पारेको प्रहरीले जनाएको छ । उनकी आमा नारायणगढ लगायत आसपासका क्षेत्रमा फोटो देखाउँदै खोज्दै हिंडेकी थिईन् । उनको प्रहरीले पनि खोजी गरिरहेका थिए । साथै सञ्चारमाध्यमबाट पनि उनको खोजीको पहल भईरहेको थियो ।
उनलाई आजै परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । यहि असार ११ गतेदेखी उनी गैँडाकोट घरबाट हिंडेकी थिईन् । उनिहरु गुल्मी मालिका गाउँपालिका २ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए ।
पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखी औषधी सेवन गर्दै आईरहेकी उनकी आमा छमि घर्तीले बताउनुभयो । पुनम यसअघि पनि ५ महिना सम्पर्कविहिन भएकी थिईन् । ५ महिनापछि बुटवलमा फेला परेकी आमा छमि घर्तीले बताउनुभयो ।

Write your Comment