चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । शनिबार अपरान्हदेखी दुईतर्फी खुलेको सडक गयराति ९ बजेदेखि फेरि अवरुद्ध बनेको हो ।
सेतीदोभानमा पुनः पहिरो खसेपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अहिले पहिरो हटाउने काम भइरहेको उनले जानकारी दिए । अहिले वर्षा भइरहेकाले थप जोखिम कायमै रहेको छ । बिहीबारदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड शनिबार दिउँसोबाट एकतर्फी खुलाएर सवारी साधनलाई गन्तव्यमा पठाईएको थियो ।