आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा नवलपुर

    प्रकाशित २०७८ जेष्ठ ३१, सोमबार (२ साल अघि)


खगेन्द्र पराजुली, नवलपुर ।
गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नवलपुरका विभिन्न क्षेत्रलाई नीति तथा कार्यक्रममा समेटेको छ । केही पहिलाकै सरकारका पालामा समेटिएका कार्यक्रमहरु समेटिएका छन् भने केही नयाँ कार्यक्रमलाई आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा राखिएको छ ।
प्रदेश गौरव र प्रदेश लाईफलाईन मानिएको त्रिवेणी–कोरोला सडक प्रदेश स्थापना हुँदाकै बर्षदेखि निरन्तर पर्दै आएको कार्यक्रमलाई यसपटक नयाँ सरकारले समेत निरन्तरता दिएको छ ।
आगामी वर्षको कार्यक्रममा गैँडाकोटमा विपी खेल ग्राम निर्माण कार्यक्रममा समेटिएको छ ।
त्यस्तै नवलपुरको मध्यबिन्दु अस्पतालबाट नै डायालासिस सेवा सुरु गर्ने ब्यवस्था मिलाईने प्रदेश सरकार नीति तथा कार्यकममा रहेको छ ।
नारायणी नदी किनारमा पार्क निर्माणको लागि अध्ययन गरिने कार्यक्रममा समेटिएको छ ।
यस्तै त्रिवेणी–दुम्किबास सडकलाई पनि कार्यक्रममा समावेस गरिएको छ ।
नवलपुर, तनहुँ र कास्कीमा एक एक वटा वन पैदावरसँग सम्वन्धित मझौला उद्योग स्थापना गर्ने कार्यलाई गण्डकी सरकारले नीति तथा कार्यक्रम समेटेको छ ।

Write your Comment