आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रमोद खरेलको ‘तिमी बोलाउ मात्र’को पोस्टर सार्वजनिक

    प्रकाशित २०७८ जेष्ठ २९, शनिबार (२ साल अघि)


देवचुली । पछिल्लो समय रेडियो प्रसारणसँगै म्युजिक भिडियो निर्माणमा समेत अग्रसर आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ.एम. नवलपुरले नयाँ गजलको पोस्टर शुक्रबार सार्वजनिक गरेको छ। एफ एमले गायक प्रमोद खरेलको स्वरमा रहेको ‘ तिमी बोलाउ मात्र’ नामक गजलको पोस्टर सार्वजनिक गरेको हो। उक्त गजलमा गायक तथा संगीतकार तिलक बम मल्लको संगीत तथा साहित्यकार तथा पत्रकार आदर्श सुशिलको शब्द रहेको छ। परिवेश डिजिटल रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड भएको गजलको छायांकन नवलपुरको देवचुली नगरपालिका आसपास गरिएको थियो। दीपेश कडरियाको निर्माणमा बनेको सो गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन् । गजलको छायांकन र मिक्सिङ्ग किङ्स स्टुडियोका रिन्कु सापकोटाले गरेका छन् । उक्त गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। गजलमा राज र एलिनाको बियोगान्त प्रेम कथालाई दर्शाउन खोजिएको छ।

Write your Comment