आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

निवर्तमान सांसद तिलक महत मार्फत जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

    प्रकाशित २०७८ जेष्ठ १९, बुधबार (३ साल अघि)


दयाराम आचार्य,कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नवलपुर क्षेत्र नम्बर दुईका निवर्तमान सांसद एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज तिलक महतको पहलमा बुधबार अस्पताललाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
निवर्तमान सांसद महतको पहलमा १५ थान अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर ७ थान, पल्स अक्सिमिटर ५ थान लगाएतका सामाग्री अस्पताललाई प्रदान गरिएको हो ।
निर्वतमान सांसद महतले समाग्रिहरु जिल्ला कोभिड नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी मार्फत अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा. बीर बहादुर थापालाई प्रदान गर्नुभएको थियो । उहाँले थप २० सिलिन्डर अक्सिजन आउने क्रममा रहेको बताउदै जिल्लामा अक्सिजनको अभाव हुन नदिने बताउनुभयो ।
सामाग्री हस्तान्तर गर्दै निवर्तमान सांसद महतले कोभिड १९ नियन्त्रण र उपचारकालागि राज्य लागि परिरहेको बताउनुभयो । नवलपुरमा कोभिड संक्रमितको उपचारलाई सहज बनाउन र आवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आफुले पहल गरिरहने बताउनुभयो ।
अक्सिजनको अभाव हुन नदिन संघ सरकारले अक्सिजन प्लान्ट जडानकालागि समेत ७५ लाख प्रदान गरेको बताउदै थप आवश्यक पर्ने सामाग्री्रको व्यवस्थापनमा आफु निरन्तर लागि रहने बताउनुभयो ।
उहाँले अस्पतालको थप विकासकालागि संघ र प्रदेश सरकारसंग समन्वय भइरहेको बताउनुभयो । अस्पतालको शैया थप गर्दै थप विकासमा आफुले पहल गरिरहेको बताउनुभयो । जिल्ला अस्पताल सहित नवलपुरका सबै स्थानीय तहमा रहेका आइसोलेशन सेन्टरकालागि समेत आवश्यक स्वास्थ्य सामाग्री्रको पहिचान गरि व्यवस्थापनमा लाग्न आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । यसकालागि समेत आफुले आवश्यकता अनुसारको सहयोग गर्ने निवर्तमान सांसद महतले बताउनुभयो ।
सामाग्री्र हस्तान्तरण गर्दै जिल्लामा कोभिड नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, प्रशासन, सुरक्षाकर्मी, बिभिन्न संघ संस्था सबैमा धन्यावद दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगनीले सबैको सहयोगले अहिले मध्यविन्दु जिल्ला अस्पतालका कोभिड संक्रमितको उपचारमा सहजता भएको बताउनुभयो । उहाँले अझै यसको विकास गर्दै चितवन लगाएत अन्यत्र उपचारकालागि जानुपर्ने अवस्थाको अन्त्य गरि विकल्पका रुपमा जिल्ला अस्पतालको विकास गर्दे जानुपर्ने बताउनुभयो ।
अस्पतालका मेसु डा. बीर बहादुर थापाले स्वास्थ्य सामाग्री्र प्रदान गरिदिनुभएकोमा निवर्तमान सांसद महतलाई धन्यवाद दिनुभएको थियो । सबैको सहयोगले कोभिड नियन्त्रण र उपचारमा खटिन आफुहरुलाई समेत साथ मिलेको डा. थापाले बताउनुभयो ।

Write your Comment