आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

महामन्त्री कोईरालाको जिल्लामा सहयोग : १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रकाशित २०७८ जेष्ठ १८, मंगलबार (२ साल अघि)

नवलपुर । महामन्त्री कोईरालाको व्यक्तिगत खर्चमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

महामन्त्री कोइरालाले सोमबार जिल्लाका लागि ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३००० सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २३०लिटर , आईसियु बेड २ वटा, पिपिई २५० थान स्वकीय सचीव भरत तिवारी मार्फत जिल्लामा पठाएका हुन ।

स्वास्थ्य सामाग्रीहरु सोमबारनै सबै संघसंस्थालाई हस्तान्तरण गरिएको काङ्ग्रेस नेता महेन्द्र पोख्रेलले बताए । नेपाली काग्रेस कोभिड १९ समिति नवलपुर का संयोजक सुरज गुरुङ ले जिल्लाका अन्य पालिकामा पनि क्रमै संग सहयोग गरिने बताए !
नेपाली काँग्रेस जिल्ला सचिब बालकृष्ण घिमिरेले काँग्रेसको सहयोग क्रमैसंग हुँदै जाने बताए ।

 

Write your Comment