आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा युवाहरुले सुरु गरे भान्सामा तरकारी

    प्रकाशित २०७८ अषाढ १, मंगलबार (२ साल अघि)


राजु चापागाई, देवचुली ।

देशभर कोरोना कहरका कारण धेरै जनाले आफ्नो रोजगारी गुमाइरहँदा देवचुलीका तीन युवा भने `भान्सामा तरकारी´ अभियान सुरु गरेका छन् ।

देवचुली नगरपालिकाका शिशिर गैह्रे, प्रकाश भुसाल र अमृत सागर भट्टराई मिली भान्सामा तरकारी व्यावसायिक अभियान संचालन गरेका हुन् । उनीहरूले सेवाग्राहीको अनलाईन अर्डर वा एक कल फोनमा स्वास्थ्य मापदण्ड पूरा गर्दै घरघरमा तरकारी तथा फलफुल पुर्‍याउने गरेका छन् ।

कोरोना महामारीमा दैनिक उपभोगका लागि आवश्यक पर्ने तरकारी तथा फलफुललाई कसरी सहज रूपमा सेवा दिन सकिन्छ भनेर सोच गर्दागर्दै अनलाईन डेलिभरी उपयुक्त देखिएकोले भान्सामा तरकारी नामक व्यावसाय सुरु गरेको शिशिर गैह्रेले बताए । “हामीहरुले सामाजिक संजालबाट आवश्यक पर्नेलाई तरकारी तथा फलफुल उपलब्ध गराउने जानकारी गरायौँ ” गैह्रेले भने- “त्यसले नै व्यावसायको प्रचारप्रसार गर्न सहज बनायो ।”

कृषकको बारीमा उत्पादन भएको तरकारी तथा फलफुलहरुलाई संकलन गरी माग बमोजिम घरघरमा पुर्‍याउने गरेको गैह्रेले बताए । ताजा तरकारी तथा फलफूल उपभोक्ताहरुसँग पुग्ने, उपभोक्ताहरु बजारसम्म गएर समय खर्चिन नपर्ने र सस्तो मूल्यमै घरमै तरकारी पाउँदा आफ्नो व्यावसाय निरन्तर संचालन हुने अनुमान गरी १ महिना अगाडिबाट थोरै रकम लगानी गरी व्यावसाय सुरु गरिएको प्रकाश भुसालले बताए ।

सेवाग्राहीको सन्तोषजनक प्रतिक्रिया पाईएको साथै निरन्तर तरकारी तथा फलफुल अर्डर आईरहेकोले व्यावसाय निरन्तर गर्न सहज भएको भुसालले बताए । उनले भने- ” हामीले डेलिभरी शुल्क लिँदैनौ, एक कल फोन वा अनलाईन अर्डर भएको एक घण्टामा उपभोक्ताको घरमा तरकारी, फलफुल पुर्‍याउने गरेका छौं ।´´ एक महिनाको अवधिमा थोरै लगानीबाट एक लाख रुपैयाँ भन्दा बढिको कारोबार गरेको उनले बताए ।

Write your Comment