आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

एक वर्ष पनि टिकेन उज्यालो वडा अभियान

    प्रकाशित २०७८ जेष्ठ १७, सोमबार (३ साल अघि)


बिबेक भण्डारी, देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर २ ले ल्याएको उज्यालो वडा अभियान लामो समय टिक्नै सकेन । केहि महिना अघि वडाले नगरपालिकाको बजेटमा उज्यालो वडा बनाउने उद्देश्यले वडाका हरेक टोलमा पोल बत्ति जडान गरेको थियो ।

तर वडाले उज्यालो वडा बनाउने भने पनि पोलमा राखेका बत्तीहरु केहि महिना नपुग्दै बिग्रन थाले पछि वडाले ल्याएको उज्यालो अभियान अध्यारोमा पुगेको छ । स्थानियका अनुसार वडाले पोलमा बत्ति जडान गरेको भए पनि लामो समय देखि बत्ति बिग्रिदा मर्मत गर्न चासो नदेखाएको बताए । वडाले जडान गरेको बत्तीहरु धेरै मात्रामा बिग्रिएको छ ।

नगरपालिकाले वडाका लागि विनियोजन गरेको बजेटमा बिजुली बत्ति तथा शौर्यबत्ति मर्मतका लागि एकलाख रुपैया छुट्याएको भए पनि पोलका बत्तिहरु अझै मर्मत हुन सकेका छैनन् ।

Write your Comment