आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

महामारीमा युवा अभियान : सम्मान योग्य कार्य

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)


डण्डापानी न्यौपाने,कावासोती । जब जब महामारी वा केही विपत्ति हरु आउँछ, तब युवाहरुको अभियान र उनीहरूको कामको प्रंशसा योग्य हुने गरेको छ । पिठौली विपद व्यवस्थापन युवा अभियान र नगर युवा संजाल कावासोतीसंगको साझेदारीमा कावासोती १२ का शान्तिटोल, खरकट्टा, पुर्बटोल, गैरी बिकासटोलमा १५ विपन्न र अशक्त घरपरिवार लाई खाद्यान्न र स्वास्थ्य सामग्री  वितरण गरी स्वास्थ्य  सम्बन्धि परामर्श सम्पन्न गरिएको छ ।

यो अभियान विगत २ हप्ताबाट कावासोती नगरपालिका वार्ड नम्बर ११, १२ र १३ मा युवाहरुको नेतृत्व र सक्रियतामा संचालित छ। आजसम्म सो अभियानबाट कोभिड १९ प्रभावित व्यक्ति र घरपरिवार गरी २६ जनालाई सहयोग गरिसकेको अभियानका संयोजक नवीन मानन्धरले बताउनुभयो । आज वितरण गरिएको सामग्रीहरुमा चामल १० केजी, दाल १ केजी, खाने तेल १ पोका, नुन १ पोका, साबुन २ प्याकेट, मास्क र सेनिटाइजर रहेको थियो । सो स्वयंसेवी युवा अभियान साविक पिठौली र हाल कावासोती नगरपालिका वार्ड नम्बर १२, १२ र १३ मा लक्षित गरी वार्ड अध्यक्ष र अन्य सरोकारवालाहरुसंगको उपस्थितिमा गठन गरिएको हो ।

समाजमा रहेका कोहीले पनि कोरोना महामारीबाट खान र सामान्य स्वास्थ्य सेवाबाट बञ्चित नहोस् भनेर यो अवस्थामा पनि अभियान सुरु गरेको युवा अभियन्ता जीवन सापकोटाले बताउनुभयो ।।

पिठौली धेरै अल्पसंख्यक, सीमान्तकृत, अनि मजदूरी गरेर खाने बस्तीको बाहुल्यता रहेको र यस्तो अवस्थामा केही गर्न सकिन्छ की भनेर स्वस्फूर्त रुपमा अभियान सुरु गरिएको युवा अधिकारकर्मी तथा अभियानका अभियन्ता दिपक शर्माले बताउनुभयो। यो अभियानको लागि स्वदेश र विदेशमा रहनु हुनेले सहयोग गर्नु भएको उहाँले बताउनुभयो । महामारीको समयमा यसरी युवाहरु सुरक्षित रहँदै कार्य सुरु गर्छौ भने पछि वार्ड र स्वास्थ्य संस्थासंग समन्वय गरेको कावासोती नगरपालिकाका कार्यपालिका प्रवक्ता एवं  वार्ड नम्बर १२ का वार्ड अध्यक्ष खेम प्रसाद काफ्लेले बताउनुभयो । अभियान अन्तरगत सचेतनाको लागि माइकिङ गर्ने, घर दैलो अभियान समेत सञ्चालन गरिएको थियो ।।

 

 

 

Write your Comment