आज:  २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026 Search
FLASH NEWS

साउदीले आजबाट ११ देशमा यात्रा प्रतिबन्ध हटायो

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (४ साल अघि)


कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्।

साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग शनिबार यात्रा प्रतिबन्ध खुला गरिएको जानकारी दिएका हुन्। ती देशमा महामारी नियन्त्रण हुन थालेकाले यात्रा प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताएका छन्।
साउदीले जम्मा २० देशमा यात्रा प्रतिबन्ध लगाएको छ। तीमध्ये ११ देशमा यात्रा खुला गरेको हो। ती हुन्– यूएई, जर्मनी, अमेरिका, आयरल्यान्ड, इटली, पोर्चुगल, यूके, स्विडेन, स्विट्जरल्यान्ड, फ्रान्स र जापान। तर यी देशबाट आउने यात्रुले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ।

बीबीसीका अनुसार यो निर्णय आज मे ३० बाट लागू भएको छ।

Write your Comment