आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

दुम्काैली अस्पताललाई अक्सिजन सिलिन्डर सहयाेग

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिद्वारा आज एक कार्यक्रमका बिच दुम्काैली अस्पताललाई ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ । विपतकाे बेलामा काेराेना संक्रमितलाई उपचारमा सहयाेग हुने लक्ष्यका साथ कार्यक्रम गरिएको समितिले जनाएको छ ।
देवचुली नगरपालिकाका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यता भएको कार्यक्रममा उप प्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकीय अधिकृत गाेविन्द सिग्देल , नगर प्रवक्ता क्या. डिल बहादुर खत्री , देवचुलि १-५ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ , अस्थायी काेभिड अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुकाे राेहबरमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।
विपतकाे समयमा विदेशी भुमिमा रहेका आम नेपालीजनहरुकाे सहकार्य र सहयाेग प्रति आफू र नगरबासी आभारी रहेकाे बताउदै युवाहरुकाे कार्यमा नगर सधै सकारात्मक रहेकाे नगर प्रमुख श्रेष्ठले बताए ।

काेराेना नियन्त्रण तथा राेकथामका लागि समितिले हालसम्म चार चरणमा अभियान सञ्चालन गरी सकेकाे छ । समितिले टाेल टोलमा माईकिङ, सचेतना , काेभिड संक्रमितलाई घरमै पुगेर भेटी हाैसला तथा स्वास्थ्य सामाग्री वितरण र दुम्काैली अस्पताल लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

काेराेना नियन्त्रण तथा राेकथामका लागि समितिले हालसम्म चार चरणमा अभियान सञ्चालन गरी सकेकाे छ । समितिले टाेल टोलमा माईकिङ, सचेतना , काेभिड संक्रमितलाई घरमै पुगेर भेटी हाैसला तथा स्वास्थ्य सामाग्री वितरण र दुम्काैली अस्पताल लाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।
युवाहरुद्वारा संचालित अभियानलाई विदेशमा विभिन्न क्षेत्रमा रहेका नेपालीहरुबाट सहयाेग रकम जुटिरहेकाे समितिले जानकारी दिएको छ । विशेष गरी जापानमा रहेका देवचुली -१ का ज्ञानु भुषाल , हाल अस्ट्रेलियामा रहेका देवचुली -१ का साजन वाग्ले , हाल अमेरिकामा रहेका देवचुली -१ का कुमार खम्चा मगर तथा हाल काेरिया रहेका देवचुली -४ का सराेज भुषालले सहयाेग रकम संकलन गरी समितिलाई पठाएको विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वाग्लेले बताए ।

Write your Comment