आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु : अधिवेशनमै मुख्यमन्त्री गुरुङले विश्वासको मत समेत लिने तयारी

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)



पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबार आजबाट सुरु हुँदै छ ।

आज दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहने छ ।
भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी पनि गरेका छन् ।

यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी पनि गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनायो ।

नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए भने नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।

गण्डकी प्रदेशसभामा ३ सदस्य सहीतको राष्ट्रिय जनमोर्चाले साथ दिएमात्र गुरुङ नेतृत्वको सरकार लाई विश्वासको मत पुग्नेछ र सरकार टिक्ने छ । तर अघिल्लो पटक कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ भन्ने चासो को बिषय रहेको छ ।

Write your Comment