आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

किशोरी, महिनावारी र समाज

    प्रकाशित २०७८ जेष्ठ १४, शुक्रबार (२ साल अघि)


सविता पंगेनी, महिला अधिकारकर्मी

मेरो नाम सविता पंगेनी, जन्म घर पाल्पा जिल्ला सिलुवा को कैनपानि भन्ने गाउं । बाबा शिक्षक, ममि समाजसेवि अनी मेरो २ जना ममिहरु, ३ जना दाजु, हजुर आमा र म गरेर ८ जनाको परिवार भएको संयुक्त परिवारमा हुर्केकि म । सानै बाट हजुरआमा संग अलि बढि नै नजिक थिएं त्यही भएर पनि आमा भनेर संम्बोन्धन गर्ने गर्दथे । ममि समाजसेवि, स्वास्थ्थ स्वयंसेविका र साथै पसल पनि भएकाले ममि को समय नै हुदैन थियो मेरो बाल्यकालमा भने ठुलो ममि खेतबारिमा काम गर्नु हुन्थ्यो ।

बाल्यकालको समय माया, ममता खुशि मै बित्यो । मलाई आज पनि त्यती बेलाको यादहरु ताजै आँखा अगाडी देख्दछु । बाबाले अनी दाईले मलाई धेरै जसो पिठ्युमा नै बोकेर डुलाउनु हुन्थ्यो, सायद मेरा यि कोमल पाउ अनि पहाड को बसाईमा काडा बिज्छ भनेर होला । साथिहरु घांस काट्न गएको देखेर मलाई पनि रहर लाग्दथ्यो, अनी म आफु पनि भागेर जाने गर्दथे तर घरमा फर्के पछि आमा, ममि, बाबाको गालि खानु पर्दथ्योे । बाबा शिक्षक भएकाले बाबाले पढाउने विधालयमा हामि सबैले पढेका थियौ ।
विस्तारै शारिरिक विकास हुदै थियो कक्षामा राम्रो पढ्ने ध्यान दिने म क्लासमा प्रथम हुन्थे परिवारमा सवै जना खुशि हुनु हुन्थ्यो । समय बित्दै गयो ममि स्वास्थ स्वमं सेविका हुनुभएका कारण महिलामा हुने महिनावारिका बारे केहि कुरा बताउनु भएको थिएको थियो भने त्यही बेला नै मेरो शारिरिक विकासले तिव्र गति लिदै थियो ।

एक दिनको कुरा हो असार महिना गाउंमा धान रोप्ने चटारो थियो । म आमा संगै सुतेकि थिए एकाबिहानै आखा खुल्यो, शरिरमा केहि असहज महशुस भयो । मेरो योनिमा केहि भएको महशुस भयो हतारिदै शौचालय तर्फ लागे मनमा अलिकति त्रास पनि थियो ।
म शौचालय गएपछी रातो रातो रगत देखे । मलाई महिनावारीको बारेमा केही थाहा भएकोले भएकाले म महिनावारि भएको हो भन्ने लाग्यो र म ममीलाई भन्छु भन्ने सोचका साथ निस्किए । तर सानो भएको र भित्र डर पनि भएकोले होला अहं हिम्मत जुटेन ।
मेरो घर तल ठुलो बाबाको घर थियो त्यहां गएं बहिनिलाई बोलाए, बहीनी संगीता आईन तर त्यहाँ पनि मुख बाट शब्द निस्किएन उ मलाई हेरीराखी र फर्कि। म त्यहि उभिरहें फेरि हिम्मत जुटाएर बोलाए, उनी आइन तर फेरि पनि शब्द निस्केन । भित्र भित्र के गरम एकदम उकुसमुकुस भया केही शब्द नै आएन अनी उनी मसँग रिसाउन थालिन । तर म कसरि भनम अन्यौलमा परे फेरि उसलाई नभनम त अरु कसैलाइ भन्न सक्दिन अब त भन्छु भनेर उसलाइ अन्तिम पटक आउन आग्रह गरे । उनी आईन र मैलो सानो स्वरमा ममिलाइ बोलाइदेउन अनुरोध गरे । मेरो आखां भरि आशु टिल्पिल भइरहेको थियो पिडा अनी डर सँगै थियो ।
उनी गएर ममि बोलाइन, ममि आउनु भयो ममि ले शंका पाइसक्नु भएको रहेछ हातमा ओड्ने लेर आउनु भयो भन्नु भयो अनी घर वरिपरी हेर्नुभयो कतै बाबा दाइहरु बहिर हुनु हुन्छ की भनेर अनी यो ओढेर अर्को बाटो हिड भनेपछि म ममीको पछि पछि लागेर गए ।
त्यस दिन मलाइ अध्यारो कोठामा लगियो र कपडा फेर्न लगाइयो ममिले हातमा एउटा कपडाको टालो थमाइदिएर यो भित्र लगाउने कपडा मा राख भन्नुभयो ।

त्यस दिन मलाइ अध्यारो कोठामा लगियो र कपडा फेर्न लगाइयो ममिले हातमा एउटा कपडाको टालो थमाइदिएर यो भित्र लगाउने कपडा मा राख भन्नुभयो ।

त्यत्तिकैमा बाबाले थाहा पाउनु भएछ, बाबा आउनुभयो ममिलाइ छोरीलाइ नलुकाउन भन्दै आउनु भयो तर त्यहाँ ममीहरुको बाहुल्यता थियो बाबाको बोलि कसैले सुनेनन र मलाई त्यही घरमा नै राख्न सवैजना सहमत भए । अरु दिन मलाइ सधैं चरेस को थालमा खाना दिनु हुन्थो, । तर त्यो दिन मलाइ मन नपर्ने भाडामा खाना ल्याइ दिनु भयो । सधै गिलासमा पानी खाने म त्यो दिन अम्खोरामा पानि दिइयो । त्यसपछी लाग्यो की म त्यो घरको सदस्य नै होइन, म आफुले ठुलो गल्ती गरेर सजाय पाए जस्तोे महशुस भयो ।
कान्छो दाइ ढोकामा आएर नानी ढोका खोल के भनेको थियो ? आमा रिसाउदै पाप धर्मको केहि डर छैन भन्दै रिसाउनु भयो अनी दाई बिचरा डरले भाग्यो । अरु दिन भन्दा त्यो दिन पाप, धर्म, इज्जत, लोक यस्ता शब्दको बर्षात भइरहेको थियो । मानौ कि म आफुले ठुलै अपराध गरे वा मैले धर्मको विरोध गरे वा सवैका इज्जतलाई फाले ।
असार महिना भएकाले खेतमा काम गर्न जानु पर्ने हुदा सबै जना जानुभयो । म भने एक्लै कोठामा थुनिरहे । मलाई त्यो दिन भोक के रहेछ बल्ल थाहा भयो । अझ घाम लागेको समय बाहिर ननिस्क भनेर पनि भनिएको थियो पाप लाग्छ भनेर, अनी दिन भर पिसाब च्यापेर बसे बेलुका सम्म त पुरै पेट कोखा दुखेर रुदै बस्नु सिवाय कुनै उपाए देखिन ।

दिन भर खेतमा बाबाको र आमाको भनाभन भएछ, बाबाको पियारि छोरि भन्न मन पराउछु आफुलाइ कान्छो भनेर बोलाउनु हुन्थ्यो । आमा संग कान्छोलाइ थुनेर राख्ने होइन भन्दै झगडा नै गर्नु भएछ । पितृले सराप्छन् भनेर आमा मान्नु भएन भोलि पल्ट पनि त्यस्तै गरि बाबा मेरो लागि लडिरहनु भयो । अन्तत तेस्रो दिनमा मलाइ निकाल्ने कुरा भएछ बिहान सबेरै मलाई ममि ले नुहाउन लेर जानु भयो फर्केर आउदा बाबा पिढिंमा बस्नु भएको थियो ।

म दौडेर बाबा तर्फ जाँदै थिए भित्र बाट आवाज आयो । न छो न छो ? बाबा को काखमा हुर्केकि म आज मलाइ बाबा लाइ छुन पनि प्रतिबन्धित बनाइयो ।

म दौडेर बाबा तर्फ जाँदै थिए भित्र बाट आवाज आयो । न छो न छो ? बाबा को काखमा हुर्केकि म आज मलाइ बाबा लाइ छुन पनि प्रतिबन्धित बनाइयो । रुनु भन्दा अरु विकल्प भेटिन हिजो सम्म भगवान लाइ चढाएको खाने कुरा मलाइ नै खान दिइन्थो । त्यहि छोरि आज बाबा संग छोइनु पाप रे ? के महिनावारि पाप हो भने भइन्छ किन जस्तो महशुस भयो । पछि थाहा पाए हाम्रो गाउमा महिनावारि भएको किशोरिहरुलाइ १२ दिन सम्म लुकाएर राखिन्छ, म पहिलो भाग्यमानी रहेछु ३ दिनमै निस्कन पाएको थाहा पाउदा अत्यन्तै खुशि लाग्यो । मलाई ५ दिन सम्म बाहिर बसेर खाने अनुमति मिल्यो र ७ दिन मा भान्सामा नै बसेर खान मिल्ने गरी ।
हामि महिला हक र हितका लागि लडिरहन्छौ तर हामीले सोच परिवर्तन गर्न सकिरहेका छैनौ । साना साना विषयहरुमा नै किशोरीहरुमाथी सानो उमेरबाट नै कमजोर भएको महसुस गराउन खोजीन्छ र सोही अनुसार नै समाजको संरचनाहरु तयार गरिन्छ ।
यदी कोही घरले यसको बारेमा आवाज उठाए आज पनि अनेक शब्दहरुले र व्यवहारहरुले थाहा दिईन्छ की, छोरीले केही गर्न सक्दैनन ? किशोरीहरु सक्षम छैनन ? महिलाहरु घरमा मात्र नै काम गर्ने हुन ? आखीर यो कहिले सम्म हुने हो त ?

आउनुहोस हामी सवै जना मिलेर यो समस्याको समाधान गरौ, छोरीले गर्न सक्दछन् र उनीहरु पनि सक्षम छन् भन्ने बाताबरण सृजनाको लागि न्याय र समतापुर्ण समाजको निर्माण गरौ अनी छोरीले पनि सक्छीन भन्ने नारा चरितार्थ गरौ ।

(लेखक जागृति बाल तथा युवा सरोकार नेपालमा आबद्ध हुनुहुन्छ । )

Write your Comment