आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

संक्रमितको घर घरमा दिव्यपुरीका युवा

    प्रकाशित २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)


डि आर क्षेत्री , देवचुली । एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिले आज काेराेना संक्रमितकै घरमा गई स्वास्थ्य सामग्री तथा फलफुल वितरण गरेकाे छ । देवचुलि नगरपालिका वडा १ देखि ५ सम्मका विभिन्न टोलहरुमा रहेका २३ घर परिवारलाई सामग्री वितरण गरिएको समितिका प्रवक्ता प्रदिप काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार कोभिड – १९ माहामारीका कारण भिडभाड गर्दा जोखिम हुने भएकाले समितिका सदस्यहरु, वडा अध्यक्ष , वडा सदस्य , नेपाल प्रहरी तथा स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु सहित घरघरै पुगेर सामग्री वितरण गरिएको हो ।

कोभिड –१९ का कारण हाेम आईसोलेसनमा रहेका व्यक्ति र उनीहरुका परिवारहरुकाे मनाेबल उच्च बनाउन सहयाेगी हुने एकीकृत दिव्यपुरी विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बाग्लेले बताउनुभयो।आगामी दिनमा वडा कार्यालयसंग समन्वय गरी विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने याेजना बनाएको वाग्लेले बताउनुभयो । दिव्यपुरी क्षेत्रमा स्वास्थ्य सम्बन्धि समस्या आएमा सिधै समितिमा सम्पर्क गर्नसमेत समितिले अनुराेध गरेकाे छ ।

Write your Comment