आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरमा बोलेरो जीप दुर्घटनाः नेपाली सेनाका ६ जना घाईते

    प्रकाशित २०७८ जेष्ठ ९, आईतबार (३ साल अघि)


नवलपुर । नेपाली सेनाको टोली बोकेर काठमाण्डौतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आईतवार बिहान नवलपुरको कावासोतीमा भे १ ज ३८४ नमवरको जीप दुर्घटना भएको हो । पुर्वपश्चिम मुख्यमार्ग अन्तर्गत खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सल्यानबाट काठमाण्डौ जाँदै गरेको उक्त जीप दुर्घटना हुँदा श्री सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना घाईते भएको र उनीहरुलाई कावासोती स्थित नवलपुर अस्पतालमा उपचारका लागि पुर्याएको प्रहरीले जनायो ।
घाईते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० बर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ बर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने बर्ष २८ का मंगल वि.क., काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का बर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का बर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।
जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईते अधिकांशको टाउको, ढाड, हात–खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्य रहेको जनाईएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Write your Comment