आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

सरकार गठनका बिषयमा देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी

    प्रकाशित २०७८ जेष्ठ ७, शुक्रबार (२ साल अघि)


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलका नेताहरु बर्तमान राजनीतिक घटनाक्रम र सरकार गठनका बिषयमा छलफलमा जुटेका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल लगायतका नेताहरु छलफलमा जुटेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि चाल्ने कदमबारे उनीहरुबीच छलफल भइरहेको छ ।
बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बेलामा कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको उपेन्द्र–बाबुराम पक्षको गठबन्धन बनेको थियो भने ओलीले विश्वासको मत लिन सकेका थिएनन् । तर बिपक्षी दलहरुले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकेपछि हाल संसदको सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री बनेका हुन् । तर, बर्तमान अवस्थामा प्रधानमन्त्री ओली पदमुक्त नहुँदै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई आज साँझ ५ बजेसम्मको समय दिएकी थीइन् ।

नयाँ सरकारको विकल्प दिने समय सकिदै जाँदा बिपक्षी दलका नेताहरुको व्यस्तता बढेको देखिन्छ । नेपाली कांग्रेसले विहानै पदाधिकारी बैठक बसाएर सबै विकल्पमा दलहरुसँग छलफल गरी अगाडि बड्ने निर्णय गरेको छ भने प्रधानमन्त्री ओलीसँग निकट रहेको जसपाको महन्थ–राजेन्द्र पक्षले पनि आफ्ना सांसदहरुसँग छलफल जारी गएिरहेको छ ।
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी अथवा राजीनामा पनि नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक भएको भन्दै प्रधानमन्त्री र राष्ट्रपतिको आलोचना भईरहेको छ ।

Write your Comment